आइतबार, जेठ २५, २०८२

सामसङले सार्वजनिक गर्‍यो 'ग्यालेक्सी एम ५५ ५जी'

 |  आइतबार, वैशाख २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

vianetvianet

काठमाडौं- सामसङले ग्यालेक्सी एम ५५ ५जी बजारमा ल्याएको छ।

सामसङको ग्यालेक्सी एम सेरिजका नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमोलेटेड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्नेछन्।

ग्यालेक्सी एम ५५ ५जीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सकिन्छ। मात्र ७.८ एमएमको चौडाइका साथ सुपर स्लिक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाएको कम्पनीको भनाइ छ।

यो स्मार्टफोन हल्का हरियो र डेनिम ब्ल्याक (कालो) दुई आर्कषक रंगहरूमा उपलब्ध छन्।

५००० एमएएच ब्याट्री भएको ग्यालेक्सी एम ५५ ५जीले विस्तारित ब्राउजिङ, गेमिङ र बिन्ज बाचिङ सेसनको लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ। ४५ वाट सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन्।

National life insurance

१२० हट्ज रिफ्रेस रेट भएको ६.७ इन्च फुल एचडी+सुपर एमोलेटेड प्लस डिस्प्लेका साथ ग्यालेक्सी एम ५५ ५जीले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ।

१००० निट्सको हाई ब्राइटनेस मोड र भिजन बुस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सक्छन्।

यसमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि ५० एमपी नो शेक क्यामेरा पाउन सकिन्छ। नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता एआइ इन्ह्यान्सड सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तोसुकै प्रकाशको अवस्थाहरूमा पनि उत्कृष्ट शटहरू खिच्न सक्छन्।

यो फोनमा भएको भ्वाइस फोकस जस्ता आविष्कारले फोन कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिन्छ। यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई नै पुनः परिभाषित गरिदिएको कम्पनीले बताएको छ।  फेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरूविरुद्ध कडा सुरक्षा पाउन सक्छन्।

यसमा भएको क्विक सेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल सेयर गर्ने सुविधा प्रदान गर्दछ। ग्यालेक्सी एम ५५ ५जीको ८∕२५६ जिबी संस्करणको मूल्य ४८ हजार ९९९ रूपैयाँ र १२⁄२५६ जिबी संस्करणको मूल्य ५३ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ। साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्टा फाइनान्स सेवाको साथ यो फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना २ हजार ४४९ रूपैयाँबाट शून्य प्रतिशत ब्याजदरमा सजिलो एएमआइमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

 

प्रकाशित: May 05, 2024| 13:28 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्