शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकले कपिलवस्तुमा गर्‍यो चौथो एक्सटेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकले कपिलवस्तुमा गर्‍यो चौथो एक्सटेन्सन काउन्टर उद्घाटन

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- एभरेष्ट बैंकले कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।

National life

ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ वैशाख १८ गते उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेको हो।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रूपमा गरेका छन्।

उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं.१ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्सटेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सर्वसाधरणहरुले उक्त एक्सटेन्सन काउन्टरबाट सुरुवाती तीन महिनाको लागि अफरहरू पाउने छन्।

Laxmi sunrise bank
kumari

साधारण बचत खाता (न्यूनतम मौज्दात) एक सय रूपैयाँ
चल्ती खाता (न्यूनतम मौज्दात) दुई हजार पाँच सय रूपैयाँ
तलबी बचत खाता– शून्य मौज्दात
नारी बचत खाता– एक हजार दुई सय ५० रूपैयाँ
डेबिट कार्ड, एसएमएससेवा, मोबाइल बैंकिङ सेवा– पहिलो पटक निःशुल्क   

बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्। बैंकले १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र
एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: May 05, 2024| 13:27 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्