शनिबार, जेठ ५, २०८१

क्रिकेट टोली विश्वकप खेल्न जाँदै, राष्ट्रपतिले दिए शुभकामना

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्।​

triton college

वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ। टी-२० विश्वकप जुन १ तारिखदेखि शुरू हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्।

नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको शुरूवात गर्नेछ।

प्रकाशित: May 04, 2024| 18:24 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्