सोमबार, भदौ ८, २०८३

नेपालको सान्त्वना जित, रोहित बने 'प्लेयर अफ द सिरिज'

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।

योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी-२० शृंखला वेस्ट इन्डिजलाई ३-२ ले सुम्पिएको छ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। तर, त्यसपछिका तीन खेलमा भने वेस्ट इन्डिज हाबी हुँदै लगातार जित हासिल गर्न सफल भयो। दोस्रो खेल १० रनले जितेको वेस्ट इन्डिजले तेस्रो खेल ७६ रनले जित्दै शृंखलामा अग्रता बनाएको थियो। यस्तै, तेस्रो खेलमा २८ रनको जित हासिल गर्दै वेस्ट इन्डिजले शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो। 

शनिबार वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा अनिल साह र आशिफ शेख नायक बने। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

वेस्ट इन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। २९ बल खेलेका उनले १ चौका ३ छक्का प्रहार गरे। 

नेपालका सोमपाल कामी र सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभरमा १६ रन खर्चिएका सोमपालले ३ विकेट लिए। २ ओभर बलिङ गरेका सागरले भने ३ विकेट लिन १७ रन खर्चिए। यस्तै, अविनाश बोहराले १ विकेट लिए।

सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन्। उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ। पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए। उनले ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन्।
 

प्रकाशित: May 04, 2024| 18:20 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्