मंगलबार, वैशाख १, २०८३

घरेलु मैदानमा मुम्बईलाई कोलकाताले हरायो

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियनलाई हराएको छ। १२ वर्षपछि मुम्बईकै घरेलु मैदानमा कोलकाताले २४ रनको जित दर्ता गरेको हो। 

National life

कोलकाताले मुम्बईलाई १२ वर्षपछि वानखडे मैदानमा हराएको हो। यो मैदानमा मुम्बईविरुद्ध नाइट राइडर्सको अन्तिम जित सन् २०१२ मा भएको थियो।

कोलकाताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमै अलआउट भयो। मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए। यस्तै टिम डेभिडले २० बलमा २४ रन जोडे। 

कोलकाताका लागि मिचेल स्टार्क एक्लैले ४ विकेट लिए। यस्तै वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता १९.५ ओभरमा अलआउट हुँदै १६९ बनाएको थियो। 

kumari

जितसँगै कोलकाता १० खेलमा १४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मुम्बई भने ११ खेलमा ६ अंकसहित नवौं स्थानम छ। 

प्रकाशित: May 04, 2024| 06:39 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्