आइतबार, असोज ५, २०८२

सरकारको चेतावनीपछि चल्यो इन्टरनेट

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं- बिहीबार करिब सात घण्टासम्म अवरुद्ध भएको इन्टरनेट सेवा मध्य रातिबाट सञ्चालनमा आएको छ। 

Kumaribank

बिहीबार दिउँसो चार बजेदेखि इन्टरनेट सेवा अवरुद्ध थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सेवा सञ्चालनमा आएको हो। 

सेवाप्रदायकहरुले इन्टरनेट सेवा अवरुद्ध गरेपछि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको थियो। 

नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध सेवा प्रदायकहरुको भनाइ थियो।

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकबाट अग्रिम रूपमा महसुल लिने गरेको, यसरी लिएको महसुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कुल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको भन्दै मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुलाई सचेत गराएको थियो। 

Metro Mart

नेपालमा इन्टरनेट ब्यान्डविथ उपलब्ध गराइरहेको अपस्ट्रिम सेवा प्रदायक एयरटेलले ब्यान्डविथ निर्यात रोकेपछि यस्तो समस्या आएको हो।

प्रकाशित: May 03, 2024| 07:12 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्