सोमबार, मंसिर १, २०८२

फाल्गुन १७ मा ‘जात्रै जात्रा’ रिलिज नहुने, यस्ताे छ कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – फाल्गुन १७ गतेबाट देशभर प्रदर्शन मिति तोकेर छायांकन गरिएको फिल्म ‘जात्रै जात्रा’ तोकिएको मितिमा रिलिज नहुने भएको छ। फिल्म निर्माण टिमले नायक विपिन कार्की दुर्घटनामा परी घाइते भएकाले तोकिएकै मितिमा फिल्म रिलिज हुन नसक्ने बताएको छ। 

नायक कार्की केही दिन अगाडि चलचित्रको छायांकनमा जाने क्रममा कलंकीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए। दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्याक्चर भएको थियो।

उनी दुर्घटनामा परि घाइते भएकाले चलचित्रको छायाँकन नै रोकिएपछि चलचित्र तोकिएको समयमा रिलिज हुन नसक्ने भएको हो। 

प्रदिप भट्टराइद्वारा निर्देशित फिल्ममा विपिनको साथमा बर्षा राउत, रविन्द्र सिंह बाँनियालगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्