शुक्रबार, जेठ ४, २०८१

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २१० रनको विशाल लक्ष्य

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

चौथो टी-२० मा वेस्ट इन्डिज 'ए' ले नेपाललाई  २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो।

triton college

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे।  नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए।

त्यसअघि वेस्ट इन्डिजले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोड्यो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलबाट क्याच गराए।

त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे।   केसी कार्टी भने चार रनमै आउट भए। उनलाई पनि भुर्तेलले रोहित पौडेलबाट क्याच गराए।

corrent noodles
Metro Mart

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट हात पारे। पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप सिरिज खेलिरहेको छ। सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न  वेस्ट इन्डिज नै जानेछ।

प्रकाशित: May 02, 2024| 14:02 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्