शुक्रबार, जेठ ४, २०८१

अप्रिलमा आए १ लाख ११ हजार पर्यटक, कुन देशबाट कति ?

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं- सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा यस वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो।

triton college

योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार अप्रिल महिनामा भित्रिएका कुल पर्यटकमध्ये ३० हजार १५८ जना भारतीय छन्। यो कुल संख्याको २७.०७७ प्रतिशत हो।  यसैगरी अमेरिकाबाट अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना,आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन्।

अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ।

प्रकाशित: May 02, 2024| 12:55 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्