शुक्रबार, पुस ११, २०८२

आईपीएलमा पञ्जाबसँग चेन्नई स्तब्ध

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न सफल भएको छ। बुधबार राति चेन्नई ७ विकेटले स्तब्ध बनेको हो।

National life

जितका लागि १ सय ६३ रनको लक्ष्य पाएको पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सफलतापूर्वक पूरा गर्यो। जोनी बेयर्स्टो र राइली रुसोले विस्फोटक ब्याटिङ गर्दै टोलीका लागि जितको आधार तय गरे।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ४८ बलमा ६२ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

१० खेलपछि १० अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । पञ्जाब समान खेलबाट ८ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित: May 02, 2024| 06:10 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्