आइतबार, मंसिर २८, २०८२

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले टिम घोषणा गरेका हुन्। 

National life

रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन्।

टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न शहरहरूमा आयोजना हुँदै छ। जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ। 

नेपाली टिममा रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करन केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी छन्।

प्रकाशित: May 01, 2024| 18:55 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्