शनिबार, साउन १२, २०८१

'पुष्पा २' को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म 'पुष्पा २' को पहिलो गीत सार्वजनिक भएको छ। बुधबार निर्माण टिमले फिल्ममा समावेश 'पुष्पा पुष्पा' बोलको गीत सार्वजनिक गरेको हो। 

triton college

मिका सिंह र नकाश अजिजको स्वर रहेको गीतमा रकस्टार डिएसपी (देवी श्रीप्रसाद) ले संगीत भरेका छन्। 

फिल्मको पहिलो भागलाई 'पुष्पाः द राइज' को भनिएको थियो भने दोस्रो पार्टलाई 'पुष्पाः द रूल' भनिएको छ। 'पुष्पाः द राइज' मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।

'पुष्पा २' ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२४ अगष्ट १५ मा रिलिज हुँदैछ।

Metro Mart
vianet

प्रकाशित: May 01, 2024| 18:32 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्