शुक्रबार, पुस ११, २०८२

इनार खन्दा भक्तपुरमा दुई जनाको मृत्यु

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खनालचोकमा रहेको सेतो माइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुई पुरुषको मृत्यु भएको छ।

National life

सोही पार्क नजिकै दुई वर्षदेखि टहरो बनाई बस्दै आएका रामेछाप उमाकुण्ड गाउँपालिका-४ प्रिती घर भएका २८ वर्षीय सन्देश सुनुवार र उनका काका सोही स्थान बस्ने ४६ वर्षीय दिपक सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफूहरू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केको थियो। उनीहरु अचेत भएको खबर प्रहरीलाई आएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट टोली पुगेको थियो।

विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनएका १६ जना उद्धारकर्मीको टोली खटिई उनीहरुको उद्धार गरिएको थियो। उद्धारपछि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको छ।
 

प्रकाशित: May 01, 2024| 18:07 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्