शुक्रबार, पुस ११, २०८२

सलमानको घरअगाडि फायरिङ प्रकरणका आरोपीले गरे आत्महत्या

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

बलिउड अभिनेता सलमान खानको घर अगाडि गोली चलाउन सघाएको आरोपमा पक्राउ परेका अभियुक्त अनुज थपनको मृत्यु भएको छ।

National life

हिन्दुस्तान टाइम्सका अनुसार प्रहरी हिरासतमै आत्महत्या प्रयास गरेका अनुजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। अनुजले हिरासतको शौचालयमा तन्नाले पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। तत्काल अस्पताल पुर्‍याइएका अनुजलाई उपचारको क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

अनुज सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा भएको गोली प्रहार प्रकरणमा पक्राउ परेका एक अभियुक्त हुन्। अनुज र सोनु सुभाष चन्दर भनेर चिनिने अर्का अभियुक्तलाई मुम्बई प्रहरीले पन्जाबबाट पक्राउ गरेको थियो।

उनीहरूमाथि सलमानको घर अगाडि गोली चलाउने शुटर विक्की गुप्ता र सागर पाललाई बन्दुक उपलब्ध गराएको आरोप थियो।

प्रकाशित: May 01, 2024| 17:52 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्