आइतबार, मंसिर २८, २०८२

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन्।

उनले चलाएको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए। गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 01, 2024| 17:19 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्