सोमबार, भदौ ८, २०८३

कपिलवस्तुमा घरभित्र दम्पती मृत फेला, ढोका खुलै

 |  बुधबार, वैशाख १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन्। वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् भने उनकी श्रीमती कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी छन्।

घरको ढोका खुलै रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: May 01, 2024| 12:28 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्