आइतबार, वैशाख ७, २०८२

आईपीएलमा मुम्बईमाथि लखनउको सहज जित

 |  बुधबार, वैशाख १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १९, २०८१

vianetvianet

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ। लखनउले मुम्बईविरूद्ध ४ विकेटको सहज जित निकालेको हो।

triton college

मुम्बईले दिएको १४५ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो। त्यस क्रममा मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कप्तान तथा ओपनर केएल राहुलले २२ बलमा ३ चौका र १ छक्काको मदले २८ रन जोडे।

बलिङतर्फ हार्दिक पाण्ड्याले २ तथा नुवन थुशरा, जेराल्ड कोत्जी र मोहम्मद नाबीले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १४४ रनको सामान्य योगफल तयार पारेको थियो। मुम्बईका लागि नेहाल वाडेराले सर्वाधिक ४६ रन जोडे। उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

National life insurance

लखनउविरूद्धको खेलमा रोहित शर्मा ४ रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या शून्य रनमै पेभिलियन फिर्ता भएका थिए। तिलक बर्माले ७ रन मात्रै बनाए।

जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दिल्ली छैटौं स्थानमा छ।

प्रकाशित: May 01, 2024| 07:22 बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्