आइतबार, जेठ २५, २०८२

पशुपतिको जलहरी प्रकरणमा मुछिएका तीनै जनालाई सफाइ

 |  मंगलबार, वैशाख १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

vianetvianet

काठमाडौं- पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव  ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। 

भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका थिए।

प्रकाशित: Apr 30, 2024| 21:08 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्