मंगलबार, जेठ ८, २०८१

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा डा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्रा डा विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले आज यहाँ जनाएको छ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए। प्रा डा गौतम र प्रा डा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ।

प्रकाशित: Apr 30, 2024| 19:48 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्