शुक्रबार, पुस ११, २०८२

पर्वतमा दम्पती हत्याको एक महिनापछि दुई आरोपित सार्वजनिक

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

पर्वतमा झन्डै एक महिनाअघि भएको दम्पती हत्यामा संलग्न दुई आरोपित पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पर्वतकै ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२ वर्षीय दीपक दर्जीलाई पक्राउ गरेको हो। 

National life

पक्राउ परेका कृष्ण जलजला–२ नेपानेका हुन् भने पर्वतको कुश्मा–२ फुर्कोट स्थायी घर भएका दीपक कास्कीको पोखरा–८ नयाँ बजामा बस्दै आएका थिए। लुटपाटको उद्देश्यले दम्पत्तीको हत्या भएको सीआईबीको भनाइ छ।

पर्वतको जलजला गाउँपालिका–२ दहमा गते चैत १९ गते ६९ वर्षीय सुर्यवहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६३ वर्षीया गमला घर्ती क्षेत्री हत्या भएको अवस्थामा आफ्नै घरमा भेटिएका थिए।

घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए। दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका थिए।

प्रकाशित: Apr 30, 2024| 18:23 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्