शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महानगरको सीप मेलामा २०८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य

महानगरको सीप मेलामा २०८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ महानगरपालिकाले बुधबारबाट काठमाडौँको टुँडिखेलमा सीप मेला आयोजना गर्ने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपमेयर सुनिता डंगोलले मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताइन्। 

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि सो मेलाको अवधारणा अघि सारिएको डंगोलले प्रष्ट पारिन्। ‘सीप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तीमा २०८१ जनालाई रोजगारीसँग जोड्ने उद्देश्य लिएका छौं। शिक्षालाई सीपसँग जोड्नुपर्छ र सिपलाई श्रमसँग। श्रमलाई बजारसँग जोड्नुपर्छ। यसरी जोड्दै जानुपर्छ भने सीप मेलाको अवधारण अघि सारेका छौं,’ उनले भनिन्।

मेलामा तालिमका लागि अटो मोबाइल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित क्षेत्र छुट्याइएको छ। तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ। 
 

प्रकाशित: Apr 30, 2024| 18:15 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्