बिहीबार, असार ४, २०८३

वीरगन्जको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१
National life
Shivam cement

काठमाडौं- वीरगन्जको बाइपास रोडमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ। 

आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। 

वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्न खोज्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रकाशित: Apr 30, 2024| 17:18 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्