मंगलबार, जेठ ८, २०८१

नेपाल भित्रियो आईटीसीको चेन होटल

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- भारतीय आइटिसी समूहको व्यवस्थापनमा भक्तपुर साँगामा फर्च्युन होटल एन्ड वेलनेस स्पा खुलेको छ। हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले आइटिसी समूहसँगको सहकार्यमा उक्त होटल खोलेका हुन्। काठमाडौंबाट नजिकको दुरीमा रहेको यो होटल मंगलबार उद्घाटन गरिएको छ।

triton college

करिब २४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ६६ वटा कोठा छन्। एकपटकमा ६ सय जना पाहुना अटाउन सक्छन्। यहाँ स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रूम, थेरापी रूम, सौना, स्टिम रूम, जिम, स्वीमिङ पुल लगायत सुविधा छन्। यसको मुख्य विशेषता शाकाहारी भोजन हो।

एक अर्ब रूपैयाँ लगानी गरिएको यो होटलमा विवाह, ब्रतबन्ध, बैठक, सेमिनार लगायतका लागि छुट्टाछुट्टै हल व्यवस्था गरिएको छ। 'नयाँ वर्षको सुरूआतसँगै होटल खोल्न पाउँदा हामी निकै खुसी छौं,' फर्च्युन होटलका प्रबन्ध निर्देशक समीर एमसीले भने, 'यो हाम्रो पहिलो अन्तर्राष्ट्रिय शाखा हो।'

भविष्यमा दक्षिण एसियाका अन्य देशमा पनि होटलको शाखा विस्तार गर्ने योजना रहेको उनले बताए। हिलटेक हेल्थ एन्ड होम्स प्रालिका अध्यक्ष कमल जैनले फर्च्युन होटलसँग सहकार्य गरेर यो ब्रान्ड ल्याउन पाउँदा आफूहरू निकै खुसी भएको बताए।

प्रकाशित: Apr 30, 2024| 16:07 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्