शुक्रबार, पुस ११, २०८२

विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्।

National life

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो।

मुक्तिनाथ दर्शन गरी फर्क‌ंदै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परी सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहाल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुरका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन्।

त्यसैगरी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौं- ३५ का साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवाल, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर पनि घाइते भएका छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 30, 2024| 12:27 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्