आइतबार, मंसिर २८, २०८२

धनुषामा सुके पानीका स्रोत, दमकलबाट खानेपानी वितरण गरिँदै

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ।

National life

अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए।

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए। ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानीको अभाव भएको छ। चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई विगत एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले जानकारी दिए।

नगरपालिकासँग खानेपानी ट्यांकर नभएकाले पानी वितरणका लागि बारुणयन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए। उनले पानीको दीर्घकालीन समस्या समाधानमा समेत नगरपालिका जुटेको सुनाए।

प्रमुख यादवले भने, 'हरिहपुर दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युवेल सञ्चालनमा ल्याउन मर्मत सम्भारको काम भइरहेको छ। त्यसलगायत सोही बस्तीमा बिस लाख रूपैयाँको लागतमा एक थान नयाँ डिप ट्युवेल र तीन वटा इनार खन्ने योजना बनाएर काम भइरहेको छ।'

Laxmi sunrise bank
kumari

त्यसैगरी, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको प्रमुख यादवको भनाइ छ। दिगम्बरपुरमा पनि २० लाख रूपैयाँको लागतमा नयाँ डिप ट्युवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले बताए।

हरिहरपुरका युवा विनोद यादवले जमिनमुनि पानीको जलस्तर घट्दै गएकाले पानीका स्रोत सुकेको बताए। उनले विगत केही वर्षदेखि सुख्खायाम सुरु भएसँगै यस क्षेत्रमा पानीका स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायको खोजीमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको संकट बढ्न थालेको स्थानीयको भनाइ छ। रासस

प्रकाशित: Apr 29, 2024| 18:01 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्