शनिबार, पुस १२, २०८२

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

बागमती- कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ।

National life

स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक  बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। सो नियमअनुसार आगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ। 

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ।

प्रकाशित: Apr 28, 2024| 20:12 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्