सोमबार, भदौ ८, २०८३

दाङको राजपुरमा आगलागी हुँदा ३४ घरगोठ जले

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

दाङ- दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। 

सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाइएका थिए। जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन्। 

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो। स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए। यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो। हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए। 

प्रकाशित: Apr 28, 2024| 16:55 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्