सोमबार, वैशाख ३१, २०८१

वेस्ट इन्डिज 'ए' सँग नेपाल पराजित

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको छ। १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो।

triton college

अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता भएको समयमा नेपालले ६ रनमात्र बनाउन सकेको हो। अन्तिम ओभरको पहिलो बलमा १ रन लिन अस्वीकार गरेका रोहितले दोस्रो बलमा म्याथ्यु फोर्डेलाई चौका प्रहार गरे पनि दोस्रो बलमा २ रन लिन खोज्दा आकाश चन्द रनआउट भएका थिए।

त्यसपछि आएका सागर ढकालले लेग बाईमा १ रन लिएर स्ट्राइक दिए पनि रोहितले अन्तिम दुई बलमा कुनै रन बनाएनन्। योसँगै वेस्ट इन्डिजको टोली शृंखला १–१ को बराबरीमा ल्यएको छ। रोहितको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेट गुमाएर १६० को स्कोर बनाएको थियो।

प्रकाशित: Apr 28, 2024| 16:06 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्