मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अरु पालिकाका गरिबले पनि काठमाडौं महानगरमा निःशुल्क उपचार पाउने

अरु पालिकाका गरिबले पनि काठमाडौं महानगरमा निःशुल्क उपचार पाउने

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ। कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो। 

कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो। 

महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्। सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ। 

प्रकाशित: Apr 28, 2024| 15:25 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्