आइतबार, वैशाख ३०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महासंघ अध्यक्ष ढकालको आग्रह- नेपालमा अवसरै अवसर छन्, लगानी गर्नुस्

महासंघ अध्यक्ष ढकालको आग्रह- नेपालमा अवसरै अवसर छन्, लगानी गर्नुस्

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजस्व वृद्धि, रोजगारी सिर्जना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। 

triton college

आइतबार काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। 

उनले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए। उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको जनाए। उनले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी बिस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरे। 

उनले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने बताए। नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिव दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए। लुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गरे।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्‍याउने बताए। उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए।

corrent noodles
Metro Mart

सरकारी र निजी क्षेत्रका गरी डेढ सय परियोजना सोकेस गरिएको सम्मेलन भोलिसम्म चल्नेछ।

प्रकाशित: Apr 28, 2024| 11:52 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्