शनिबार, पुस १२, २०८२

लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। सरकारको सिफारिसकम अध्यादेश जारी भएको हो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

सरकारले आइतबारदेखि लगानी सम्मेलन सुरू गरेको छ। सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन्। सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।

प्रकाशित: Apr 28, 2024| 11:48 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्