मंगलबार, भदौ ९, २०८३

इलामको मतगणनामा विलम्ब, ११ बजेलाई सारियो

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- हिजो राति नै सुरु हुने भनिएको इलाम-२ को मतगणना अझै सुरु हुन सकेको छैन।

शनिबार राति १२ बजेसम्म सबै मतपेटिका सदरमुकाम आइसक्ने र राति नै सर्वदलिय बैठक बसेर गणना सुरु गर्न सकिने निर्वाचन आयोगले बताएको थियो। 

त्यसपछि आज बिहान सात बजेबाट सुरु गर्ने बताइयो तर सात बजे पनि सुरु भएन। बल्ल बिहान ११ बजेबाट सुरु हुने भएको छ। 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विभिन्न राजनीतिक दलका व्यक्तिहरूको उपस्थितिमा जारी सर्वपक्षीय बैठकमा मतगणना ११ बजेबाट सुरु गर्ने सहमति भएको हो।

सहमति अनुसार क्षेत्र नम्बर २ को फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलाम (मतपेटिका भण्डारण गरिएका आधारमा सहज हुनेगरी) मतगणना सुरु गरिने छ।

प्रकाशित: Apr 28, 2024| 09:23 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्