बिहीबार, असार ४, २०८३

तराईमा अझै पाँच दिन तातो हावाको जोखिम

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- तराई मधेशका कैयौं जिल्लामा कम्तिमा पाँच दिन अत्यधिक गर्मी र तातो हावाको जोखिम रहेको  जल तथा मौसम विज्ञान विभागले बताएको छ।

National life

शनिबार विशेष बुलेटिन निकाल्दै विभागले वैशाख १६ देखि २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको हो। 

देशको दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ। भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्यधिक गर्मी हुने भन्दै सचेतता अपनाउन विभागले अनुरोध गरेको छ। विभागले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिसकिएको जनाएको छ।

यो वर्ष पानी नपरेका कारण अत्यधिक गर्मी शुरू भइसकेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ। 

अत्यधिक गर्मीका कारण देशैभरि डढेलो पनि फैलिएको छ। गत एक सातामा देशका एक हजारभन्दा बढी स्थानमा डढेलो लागेको छ। अहिले पनि धेरै स्थानमा डढेलो जारी छ। 

Shivam cement

प्रकाशित: Apr 27, 2024| 18:40 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्