मंगलबार, भदौ ९, २०८३

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

मकवानपुर- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन्।

उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। 

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए।  

प्रकाशित: Apr 24, 2024| 19:37 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्