मंगलबार, भदौ ९, २०८३

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काठमाडौं- सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो।
     
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएका हुन्। मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए।

प्रकाशित: Apr 24, 2024| 17:39 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्