शनिबार, पुस १२, २०८२

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

National life
Laxmi sunrise bank
kumari

कर्णाली- कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। 

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए। 

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: Apr 24, 2024| 17:22 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्