शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह

विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।

triton college

राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्। कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आएका हुन्।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपीन जोशी बेपत्ता छन्। सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए।

प्रकाशित: Apr 23, 2024| 19:47 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्