शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महाधिवेशन २०७९ जेठसम्म गर्न सार्न मिल्ने योगीको जिकिर

कांग्रेसको तत्कालै वैधानिकता समाप्त नहुने बताएका उनले केन्द्रीय समिति बैठकमा यस्तो जिकिर गरेका हुन्।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा टीएन योगीले नेपाली कांग्रेसको महाधिवेशन २०७९ जेठसम्म सार्न मिल्ने जिकिर गरेका छन्। 

कांग्रेसको तत्कालै वैधानिकता समाप्त नहुने बताएका उनले केन्द्रीय समिति बैठकमा यस्तो जिकिर गरेका हुन्।

'निर्वाचन अयोगमा २०७३ मंसिरमा कांग्रेस दर्ता रहेछ। महाधिवेशनका लागि २०७९ जेठसम्मको अवधि पाउने रहेछ,' उनले भने।

उनले बच्चाको उमेरको उदाहरण दिँदै यस्तो तर्क गरेका हुन्। 'बच्चा जन्मेपछि मात्रै आयु गणना हुन्छ। संविधान बनेपछि त्यसकै आधारमा आयोग गठन भएको हो। १३औँ महाधिवेशन हुँदा राजनीतिक दल सम्बन्धि ऐन २०७३ आएकै थिएन। पछि बनेको कानुन अनुसार पार्टी दर्ता भएको हो। त्यही भएकाले महाधिवेशनका लागि हामीसँग आगामी जेठसम्मको समय छ।'

माओवादी केन्द्रले २०६९ यता महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवैधानिक नरहेकाे फैसला गरेकाले पनि कांग्रेसले पनि उक्त अवसर प्राप्त गर्ने उनको भनाइ छ। त्यसलाई आधार बनाएर पनि महाधिवेशन सार्न सकिने उनको तर्क थियो।  

प्रकाशित: Aug 14, 2021| 17:25 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...