शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अदालतबाट सफाइ पाएपछि मधु मरासिनी अर्थसचिवमा पुनर्बहाली

अदालतबाट सफाइ पाएपछि मधु मरासिनी अर्थसचिवमा पुनर्बहाली

 |  सोमबार, वैशाख १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

vianetvianet

काठमाडौं- सरकारले मधु मरासिनीलाई  अर्थ मन्त्रालयको सचिवमा पुनर्वहाली गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो। 

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै मरासिनी पुरानै भूमिकामा फर्किएका हुन्। मरासिनी लामो समयदेखि अर्थ मन्त्रालयकै सचिवमा रहेका थिए।

यसअघिका अर्थसचिव कृष्णहरि पुष्कर हटाएर मरासिनीलाई अर्थसचिव बनाउने निर्णय सरकारले गरेको हो। हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ 

मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमेत भएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मरासिनी महालेखा नियन्त्रक बनेका थिए।

प्रकाशित: Apr 22, 2024| 13:47 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्