मंगलबार, जेठ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेले सुरु गर्‍यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

फोनपेले सुरु गर्‍यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ।

National life

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत फोनपेले नेपालमा पहिलो पटक पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको जनाएको छ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई  फोनपे कार्ड स्किम अन्तर्गत रहि पूर्णरुपको डिजिटल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप मार्फत लिन सक्ने जनाइएको छ ।  

क्रेडिट कार्ड पूर्ण रुपमा डिजिटल अनबोर्डिङ हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाध रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तानीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”

Shivam cement

प्रकाशित: Apr 22, 2024| 11:57 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्