काठमाडौं- दीपिका पादुकोण र कटरीना कैफको सम्बन्धमा बेला बेलामा उतार चढाव आउने गर्छ। जसको कारण हुन रणविर कपुर। दीपिकाले रणवीरसँग विहे गरिसकेकी छन्। अब कटरीना पनि आफ्नो व्यक्तिगत जीवनमा अघि बढाइरहेकी छन्। यतिवेला कटरीनाको पुरा ध्यान आफ्नो करिअरप्रति केन्द्रित छ।
यसैबीच दुवै बिचको बिग्रीएको सम्बन्ध पनि सुमधुर भइसकेको छ। हालै दिइएको एउटा अर्न्तवार्तामा दिपीकाले कटरीनासँगको आफ्नो सम्बन्धका बारेमा कुरा गरिन्।
दीपिकाले फिल्म फेयरलाई दिएको अन्तरवार्ताका क्रममा ‘हामी दुवैबीचको सम्बन्धलाई लिएर केही अफवाह फैलिएको थियो, मेरो मनमा उनका लागि सधै सम्मान छ। म उनको सम्मान गर्छु। उनी मेरा लागि सधै प्रिय छन्। हामी दुबैको सम्वन्ध शान्तिपूर्ण छ।
केहि दिन पहिले कटरीना दीपिकाको पार्टीमा सहभागी भएकी थिइन्। त्यस पछि दुवै नायिकाले इन्ट्राग्राममा एक अर्कालाई फ्लो गरेका थिए। कटरीनाले त्यसपछि दीपिकालाई फलो गर्ने कुरा आफ्नो मनमा उब्जीएको बताएकी थिइन्।
दीपिका र रणविरको पार्टीमा सरिक हुँदाको अनुभव बारेमा सोध्दा कटरीनाले भनेकी थिइन्, ‘पार्टीमा मैले पार्टीमा पुरै रात नृत्य गरे। म ती व्यक्तिमा थिए। जो पार्टीमा अनितमसम्म नृत्य गरिरहेका थिए। साथै मैले उनीहरुको आधि चक्लेट फाउन्ट पनि खाए।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४