शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा नारायण खड्काले भने- वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग छैन

कांग्रेस बैठकमा नारायण खड्काले भने- वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग छैन

नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेपाली कांग्रेसको वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग नभएको दाबी गरेका छन्।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेपाली कांग्रेसको वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग नभएको दाबी गरेका छन्। 

बिहीबारबाट कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सुरु भएको केन्द्रीय समिति बैठकमा डा खड्काले यस्तो बताएका हुन्। 

उनले कोरोना महामारीका कारण समयमा नै महाधिवेशन सम्पन्न गर्न समस्या निम्तिएको समेत बताएका थिए। सर्वोच्च अदालतले नै निषेधाज्ञाको समयलाई शून्य समय मानेकाले कांग्रेसको वैधानिकता अझै केही समय बाँकी नै रहने उनको भनाइ थियो। 

'महाधिवेशन सार्न हुँदैन भन्ने आँट छ निर्वाचन आयोगसँग? अरू पार्टी र कांग्रेसका हकमा फरकफरक नियम हुन्छ र?,' उनको भनाइ थियो, 'सर्वोच्च अदालत र निर्वाचन आयोगमा भाँजो हाल्ने काम नगरौँ। आयोगलाई रोक भन्ने? हामी सबै एक भएर सर्वोच्च र आयोगलाई भनौँ। अदालत र आयोगले महाधिवेशन गर्नैपर्छ भन्न सक्दैन।'

केही दिन अघि समयमा नै महाधिवेशन गर्न नसकेर निर्वाचन आयोगसँग वैधानिकताको भिख माग्न लागिएको भन्दै  वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा स्टाटस लेखेका थिए। 

प्रकाशित: Aug 14, 2021| 17:20 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...