आइतबार, भदौ २९, २०८२

इलाम पुगेका गगनले भने- वंशवाद होइन, लोकतन्त्रलाई जिताउनुस्

 |  शनिबार, वैशाख ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ८, २०८१

vianetvianet

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इलाम-२ को निर्वाचनले मुलुकलाई नयाँ बाटो दिने भएकाले आफ्ना उम्मेदवार डम्बर खड्कालाई जिताउन आग्रह गरेका छन्। 

Kumaribank

यही वैशाख १५ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लक्षित चुनावी सभालाई इलामको लाकुरी चौतारामा शनिबार सम्बोधन गर्दै थापाले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतारेकोमा कटाक्ष गर्दै इलामे जनताले वंशवादलाई जिताउने कि लोकतन्त्रलाई जिताउने दिन आएको बताए। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकको प्रश्नको जवाफ दिनुको साटो प्रश्नमात्र गर्दै हिँडेको टिप्पणी गरे। उनले डम्बर खड्का इलामको समस्या बोकेर संसद् छिर्ने वास्तविक प्रतिनिधि भएको जिकिर गरे। उनले कांग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा आफूले लिने बताए। 

उनले भने, ‘इलामको विकासका लागि जिम्मा लिने खालको उम्मेदवार इलामे जनतालाई चाहिएकाले तपांई्को प्रतिनिधित्व गर्ने खास मान्छे डम्बर खड्का हुन्।’ इलामको यो चुनाव गठबन्धनको राजनीतिसँग जोडिएको भन्दै नयाँ सन्देशका लागि खड्कालाई जिताउनुपर्ने उनले बताए। उनले यो चुनाव उत्तेजनको राजनीतिसँग जोडिएकाले सजग रहन आग्रह गरे। सहिष्णु पहिचान यात्रासँग जोडिएको निर्वाचन भएको भन्दै खड्कालाई मतदान गर्न थापाले आग्रह गरे।

प्रकाशित: Apr 20, 2024| 16:27 शनिबार, वैशाख ८, २०८१
प्रतिक्रिया दिनुहोस्