सोमबार, मंसिर २९, २०८२

इरानमाथि इजरायलको जवाफी हमला

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

इजरायलले इरानमाथि जवाफी हमला गरेको छ। शुक्रबार इस्फाहन सहरनजिक हवाई अड्डा र परमाणुस्थललाई लक्षित गरी इजरायलले आक्रमण गरेको हो।

National life

समाचार एजेन्सीहरुका अनुसार त्यहाँको आकाशमा ड्रोन र मिसाइलहरू देखा परेका थिए। ती ड्रोन र आक्रणमहरू इरानको हवाई डिफेन्स सिस्टमले निस्तेज तुल्याएको समाचारमा बताइएको छ।

इजरायलले अहिलेसम्म सार्वजनिक रूपमा इरानमाथि जवाफी आक्रमण सुरू गरिएको भनेको छैन। यद्यपि इरानको आक्रमणपछि त्यसको जवाफ दिनुपर्ने माग बढेको थियो।

इरानले आफ्नो आकाशमा शंकास्पद वस्तु देखिएको त्यसलाई निस्तेज पारिएको भनेको छ।  सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इजरायलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदलामा इरानले इजराइलमा सयौं ड्रोन र मिसाइलबाट आक्रमण गरेको थियो।

इरानले आफूमाथि जवाफी आक्रमण गरे इजरायललाई  झन् ठूलो हमला गर्ने चेतावनी दिँदै आएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Apr 19, 2024| 14:55 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्