बिहीबार, वैशाख २०, २०८१

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ।

triton college

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन्।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ५२ जना घाइते भएका छन्। बसमा ५५ यात्रु सवार थिए। भिमेश्वर-१ बाट स्थानीय सुशील थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको थियो।

प्रकाशित: Apr 19, 2024| 10:09 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्