बिहीबार, वैशाख २०, २०८१

आईपीएलमा पञ्जाबमाथि मुम्बईको जित

 |  शुक्रबार, वैशाख ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ।

triton college

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भएको हो।

पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए भने सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए। 

मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए। रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए।

corrent noodles
Metro Mart

पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए ।

मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ।

राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ। कोलकाता, चेन्नई र हैदराबादको समान ६ खेलमा ८–८ अंक भए पनि नेटरनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित: Apr 19, 2024| 08:09 शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्