शनिबार, पुस १२, २०८२

खाडीमा बाढी आउँदा नेपालमा यात्रु अलपत्र

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन्। त्यहाँका विमानस्थल अवरुद्ध हुँदा कामका लागि जाने नेपाली रोकिएका हुन्। 

National life

काठमाडौंबाट खाडीका देश उडान गर्ने फ्लाइ दुबई, एयर अरेबिया, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन्।

खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन्।

सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो पानी परेको हो। यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो। यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो।

ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। ओमानमा बाढीले विद्यालयको गाडी बगाउँदा ९ जना विद्यार्थी र चालकको मृत्यु भएको छ। उद्धारकर्ताहरूले हराइरहेका २ जनाको खोजी गरिरहेको जनाएका छन्। ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 17, 2024| 19:33 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्