मंगलबार, वैशाख १८, २०८१

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो। नेपालले सेमिफाइनलमा कोसँग खेल्ने भने निर्णय भने समूह ‘बी’को आज साँझ हुने खेलको नतिजाले मात्र निर्धारण गर्नेछ।

प्रकाशित: Apr 17, 2024| 16:03 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्