शनिबार, असार ६, २०८३

टी-२० ब्याटिङ र अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा छलाङ मारेका छन्। उनी अलराउन्डरतर्फ १४ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिँदा ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका छन्।

National life

ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए। गत शनिबार कतारविरूद्धको खेलमा उनी टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका तेस्रो खेलाडी बनेका थिए। उनी घि टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेलको भने दुई स्थान खस्किएको छ। उनी ५३ औं स्थानमा रहेका छन्। त्यस्तै आसिफ शेखले पनि उत्कृष्ट छलाङ मार्दै ३६ स्थान सुधार गरेर ७५ औं स्थान बनाएका छन्।

कुशल मल्ल ९ स्थान सुधार गरेर शीर्ष १०० मा रहन सफल भए। बलिङमा भने नेपालका कुनै पनि खेलाडीले शीर्ष सयमा स्थान बनाउन सकेका छैनन्।

 

Shivam cement

प्रकाशित: Apr 17, 2024| 15:55 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्