शनिबार, पुस १२, २०८२

एसीसी प्रिमियर कप: साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- एसिसी प्रिमियर कप ट्वान्टी- २० क्रिकेट प्रतियोगिता साउदी अरेबियाले नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित आठ ओभरमा आठ विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्यो। वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई आठ ओभरमा झारिएको थियो।

साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि अविनाश बोहरा र करण केसीले समान दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले समान एक विकेट लिए।

अघिल्ला तीनै खेल जित्दै समूह ‘ए’ को विजेता बनिसकेको नेपाल अपराजित रहँदै सेमिफाइाल पुग्ने दाउमा छ। नेपालले यसअघि मलेसियालाई पाँच विकेट, कतारलाई ३२ र हङकङलाई आठ विकेटले पराजित गरेको थियो।

प्रकाशित: Apr 17, 2024| 15:16 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्